Information is intelligence
HomeSportsरियल मड्रिडले आज साख्तार डाेनेस्ककाे सामना गर्दै

रियल मड्रिडले आज साख्तार डाेनेस्ककाे सामना गर्दै

- Advertisement -spot_img

च्याम्पियन्स लिग अन्तर्गत समूह ‘बि’ मा रहेको स्पेनिस टीम रियल मड्रिडले आज युक्रेनिएन टीम साख्तार डाेनेस्कको सामना गर्नेछ । खेल नेपाली समय अनुसार आज राती ११:४० मा हुनेछ ।

साख्तारको घरेलु मैदानमा हुने खेल जितेर रियल म्याड्रिड एक खेल अगावै नक आउट चरणमा प्रवेश गर्नेछ भने घरेलु टोलि आजको खेलमा जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ।

रियल ४ खेलमध्ये दुई  जित ,एक बराबरी र एक हारसहित समूहको दोस्रो स्थानमा छ भने साख्तार ४ खेलमा १ जित, १ बराबरी र दुई खेलमा हारसहित समूहकाे तेस्रो स्थानमा छ। पहिलो चरणमा भएको खेलमा साख्तारले रियललाई आफ्नो घरेलु मैदानमा ३-२ हराएको थियो।

रियल म्याड्रिड आजको खेलमा कप्तान सेर्जियो रोमस, ईडेन हजार्ड, डानी कार्भाहल, लुका जोभिक, फेड्रिको भाल्भार्डे र अल्भारो ओर्डिजोला बिना मैदान उत्रिनेछ । भखरै चोटबाट फर्किएका करिम बेन्जिमालाई फर्वार्ड लाइनमा भिनिसियस र एसेन्सियोले साथ दिने सम्भावना छ । यस्तै राइट ब्याकमा लुकासले शुरुवात गर्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु