Information is intelligence
HomeNewsगोलबजारका दुई कपडा पसलमा आगलागी

गोलबजारका दुई कपडा पसलमा आगलागी

- Advertisement -spot_img

सिरहा । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ ।  गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।  पसलका सबै सटर बन्द थिए ।  विद्युत् चुहिई आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले बताए । रासस

यो पनि : काठमाडौंका यी स्थानमा आज बत्ती निभ्ने

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु