Information is intelligence
HomeTourismनेपाल र भारत बिचको उडान फेरी संचालनमा आउन

नेपाल र भारत बिचको उडान फेरी संचालनमा आउन

- Advertisement -spot_img

कोभिड-१९ का कारण प्रतिबन्ध लगाइएको नेपाल र भारत बिचको उडान फेरी संचालनमा आउन भएको छ । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल भारत उडानको टुंगो लागेको र काठमाडौँ बाट दिल्ली उडान आर्को हप्ताबाट सुरुगर्ने तयारी भएको जानकारी दिएका छन्।

‘उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौं, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो दश दिनजति समय लाग्छ उडान सुरु हुन ।’ लामिछानेले भने ।

नेपाली वायुसेवा कम्पनी र भारतीय एयरलाइन्स मार्फत शुरुवाति चरणमा काठमाडौँ-दिल्ली दुई उडान मात्रै हुनेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ । उनले भने ।

चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

यो पनि : नेपालमै पहिलो पटक भेटियो ‘हरित परेवा’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु