Information is intelligence
HomeInternationalउत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

- Advertisement -spot_img

एजेन्सी : उत्तर कोरियाली शासक किम जोङ उनले चीनले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन्। अमेरिकी विज्ञहरुलाई उद्धृत गर्दै प्रकाशित गरिएको समाचार अनुसार शासक किमसहित उनका परिवारका सदस्य चीनमा बनेको भ्याक्सिन लगाएका हुन्।

तर यो भ्याक्सिनलाई अझैसम्म विश्‍व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छैन। यो भ्याक्सिन तेस्रो चरणको परीक्षणमै रहेको छ। जापानी जासूसी संस्थाहरुलाई उद्धृत गर्दै अमेरिकी अधिकारीहरूले किमले भ्याक्सिन लगाएकोबारे बताएका हुन्।

तर उत्तर कोरियाली शासकले चीनको कुन कम्पनीले बनाएको भ्याक्सिन लगाए भन्‍ने अझैसम्म पुष्टि भएको छैन। अहिलेसम्म उत्तर कोरियाले आफ्नो देशमा भएका संक्रमितहरु बारेमा केही पनि बोलेको छैन।

तर दक्षिण कोरियाको जासूसी सूत्रले उत्तरमा ठूलो संख्यामा कोरोना संक्रमित रहेको दाबी गरेका छन्। यसको प्रमुख कारण भनेको यहाँका अधिकांश मानिसहरु चीनमा आवतजावत गरिरहन्छन्।

यो पनि: ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु