Information is intelligence
HomeShare Bazarनेप्सेमा घटेन उत्साह

नेप्सेमा घटेन उत्साह

- Advertisement -spot_img

काठमाडौँ | लगातार केही दिनबाट दिनहुँ नयाँ रेकर्ड बनाउँदै आएकाे सेयर बजारले आज (मंगलबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । यद्यपि मंगलबार भने कुनै नयाँ रेकर्ड भने  बनाएको छैन ।

लगातार १२ जलविद्युत कम्पनीले आइपीओ ल्याउने तयारी

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० मा पुगेकाे छ ।  त्यस्तै  सेन्सेटिभ परिसूचक भने १.७७ अंकले घटेर ३८३.७९ मा पुगेको छ ।

कूल १९७ वटा कम्पनीकाे एक कराेड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले  ६५ करोड ७८ लाख ८८ हजार रुपैयाँ बरोबरको कारोबार गरेको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु