Information is intelligence
HomeSportsमेस्सीको गोल सेलेब्रेसनले बार्सिलोनालाई जरिवाना

मेस्सीको गोल सेलेब्रेसनले बार्सिलोनालाई जरिवाना

- Advertisement -spot_img

कप्तान लियोनेल मेस्सीले ओसासुना विरुद्ध गोल गर्दै अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गरेको गोल बार्सिलोनाको लागी महँगो साबित भएको छ।

खेलको ७३ औ मिनेटमा पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेपछि डिएगो म्यारोडोनाको न्युवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गर्दै मेस्सीले आफ्नो गोल समर्पण गरेका थिए जुन सेलेब्रेसनले गर्दा बार्सिलोनाले २ हजार ७ सय मिलियन पाउन्ड जरिवाना तिर्नुपर्ने भएको हो ।

मेस्सिको मन छुने सेलेब्रेसन बार्सिलोनाको लागि महँगो साबित भएको छ । स्पेनिस फुटबल फेडेरेसनका अनुसार खेलाडीले गोल समर्पण गर्न पाउछन् तर खेलको बीचमा अन्य टोलिको जर्सी भने लाउन नपाउने  नियम रहेको बताएका छन् । मेस्सीले खेलको शुरुवात देखि नै म्यारोडोनाले अन्तिम समय न्युवेल्सबाट खेल्दा लगाएको जर्सी लगाएका थिए । आफ्नो गोल सेलेब्रेसनमा मेस्सीले बार्सिलोनाको जर्सी खोलेर म्यारोडोनाले न्युवेल्सबाट खेल्दा १० नम्वर अंकित जर्सी देखाउँदै उनकै शैलीमा गोलको खुशियाली मनाएका थिए । जसले गर्दा बार्सिलोनाले जरिवानातिर्नु परेको हो।

मेस्सी क्याटलान क्लब बार्सिलोना आउनुअघि न्युवेल्सबाट युथ करियर सुरुवात गरेका थिए । म्यारोडोनाले भने न्युवेल्सबाट अन्तिम ५ खेल खेल्दै खेल करियरबाट सन्यास लिएका थिए । म्यारोडोनाको गत बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण ब्युनर्स आयर्समा निधन भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु