Information is intelligence
HomeEconomyउकालो लाग्यो सुनको मूल्य

उकालो लाग्यो सुनको मूल्य

- Advertisement -spot_img

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो  लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर  रु ९१ हजारमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  । प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ ।

यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु