Information is intelligence
HomeSportsएकदिवसीयमा कोहलीको कीर्तिमान: तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग

एकदिवसीयमा कोहलीको कीर्तिमान: तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग

- Advertisement -spot_img

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

घरेलु टिम अष्ट्रेलियाविरुद्धको अहिले जारी तेस्रो खेलमा २३ रन जोड्दै कोहलीले १२ हजार रन पुरा गरेका थिए । कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पुरा गरेर कीर्तिमान बनाएका हुन् ।

कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । तेन्दुलकरले ३ सय इनिङ्समा १२ हजार रन पुरा गरेका थिए ।

कोहली एकदिवसीयमा १२ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी समेत बने । यस्तै कोहली १२ हजार रन पुरा गर्ने छैटौं खेलाडी हुन् ।

१२ हजार रनको कोशेढुंगा पुरा गर्ने अन्य खेलाडीमा रिकी पोन्टिङ, कुमार संगाकारा, सनथ जयसूर्या र महेला जयवर्धने रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु