Information is intelligence
HomeHealthअण्डाले तौललाई नियन्त्रणमा राख्छ, अण्डा खानेबेला बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

अण्डाले तौललाई नियन्त्रणमा राख्छ, अण्डा खानेबेला बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

- Advertisement -spot_img

एजेन्सी | अण्डालाई धेरैले सुपरफूड भन्ने गर्छन् । यसमा पौष्टिक तत्वको खजाना हुने भएकोले यसको सेवन गर्न धेरैले सुझाउँछन् । तर के तपाईंलाई अण्डाले तपाईंलाई स्वस्थ राख्नुका सार्थ तपाईंको बढेको तौललाई पनि नियन्त्रणमा राख्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔंः

द अमेरिकन जर्नल अप क्लिनिकल न्यूट्रीशनका अनुसार तौल कम गर्न शरीरमा प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ । प्रोटिनको सेवन गर्दा व्यक्तिलाई लामो समयसम्म भोक लाग्दैन र उनीहरुलृ आफूभित्र ऊर्जाको स्तर पनि बढेको महसुस गर्छन् । अण्डाको मद्दतले पनि व्यक्तिले आफ्नो तौल कम गर्न सक्छन्, यसका लागि उनीहरुले केही गल्ती भने गर्नुहुँदैन ।

अण्डाको पहेँलो भाग खानुः

मानिसहरु अण्डाको पहेँलो भागले तौल बढाउँछ भन्ने सोचेर मानिसहरु यो खाँदैनन् । यूएसडीओका अनुसार पहेँलो भागमा पूरा अण्डाको आधा प्रोटिन पाइन्छ । यस्तोमा यदि तौल कम गर्ने मानिसहरु एउटा पूरा अण्डाको सेवन गर्छन् भने उनीहरुले तौल कम गर्नमा मद्दत पाउँछन् ।

अण्डाका लागि एक समय निश्चित गर्नुः

स्वस्थ रहनका लागि अण्डा एक राम्रो विकल्प हुनसक्छ । जो मानिसहरु अण्डाको सेवन एक निश्चित समयमा मात्रै गर्छन्, उनीहरुले गल्ती गरिरहेका छन् । उदाहरणका लागि थुप्रै मानिसहरुले अण्डाको सेवन ब्रेकफास्टमा गर्छन्, उनीहरु दिनभरी यसको सेवन गर्नबाट पनि बच्छन् । जबकी तपाईं अण्डा दिनको कुनै पनि समय खान सक्नुहुन्छ ।

अनहेल्दी फ्यानखानुः

अण्डा बनाउने बेला अनहेल्दी फ्याट राखेर नबनाउनुहोस् । यस्ता अण्डा खाँदा तपाईं हृदय रोग, स्ट्रोक र मधुमेहजस्ता गम्भीर रोगको शिकार पनि हुनसक्नुहुन्छ । अण्डा बनाउने बेला जैतून, एभोकाडो र क्यानोलाजस्ता तेलको प्रयोग गर्न सक्नुहुन्छ ।

अत्यधिक सेवनः

हार्वर्ड हेल्थ पब्लिसिङका अनुसार मधुमेहद्वारा ग्रसित मानिसहरुले हप्तामा ३ दिनभन्दा बढी अण्डाको सेवन गर्नु हुँदैन । तौल कम गर्न चाहने मानिसहरुले पनि अण्डाको अत्यधिक सेवन गर्नु हुँदैन । यसका लागि तपाईंले अण्डाको सेवन औसतमा गरेर स्वस्थ रहन सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस्:

अण्डा भेज हो या ननभेज ? | वैज्ञानिक दृष्‍टिकोण

यस्ता रोग लागेका व्यक्तिले नखानुस अनार

जाडो महिनामा स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिने उपाए

जाडो महिनामा कपालको हेरचाह गर्नु धेरैका लागि चुनौतीपूर्ण, ध्यान दिनुपर्ने कुराहरू

तातोपानी सेवनका निकै महत्तोपूर्ण फाईदा, यस्ता रोगबाट बचाउँछ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु