Information is intelligence
HomeSportsच्याम्पियन्स लिगमा म्यानचेस्टर युनाईटेड र पीएसजी बीच प्रतिस्पर्धा

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाईटेड र पीएसजी बीच प्रतिस्पर्धा

- Advertisement -spot_img

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ ।

प्रिमियर लिग क्लब युनाईटेडले फ्रेन्च क्लबसँग घरेलु मैदानमा खेल्नेछ । युनाईटेड र पीएसजीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

समूह एचको युनाईटेड ४ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नकआउट चरणमा पुग्न युनाईटेडलाई एक अंकको आवश्यकता रहेको छ । युनाईटेडले यस अघिको भेटमा पीएसजीलाई २-१ ले हराएको थियो ।

पीएसजी ४ खेलमा ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा आरबी लाइपजिगले इस्तानबुलसँग खेल्नेछ ।

लाइपजिग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । इस्तानबुल ३ अंक जोडेर पुछारमा रहेको छ ।

यो पनि पढ्नुहोस्:

रियल मड्रिड पराजित

मेस्सी, लेवान्डोस्की र सलाहलाई पछि पार्दै रोनाल्डोलाई गोल्डेन फुट अवार्ड

मेस्सीको गोल सेलेब्रेसनले बार्सिलोनालाई जरिवाना

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु