Information is intelligence
HomeNewsनेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन

नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन

- Advertisement -spot_img

गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ।

प्रहरी उपरीक्षक रामेश्वर यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन्।

निलम्बन गरेकोबारे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले पुष्टि गरे।

‘प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरू निलम्बनमा परेका हुन्,’उनले भने,’हिजोदेखि लागू हुनेगरी निलम्बन गरिएको छ।’

प्रहरी उपरीक्षक यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा, बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, र प्रहरी निरीक्षक चौरासिया जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत छन्।

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा मन्त्रालयले उनीहरूलाई निलम्बन गरेको हो।

‘उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही हुनेछ,’ प्रवक्ता कुँवरले भने

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु