Information is intelligence
HomeSportsबार्सिलोनालाई एफटिसी र युभेन्ट्सलाई किभको चुनौती

बार्सिलोनालाई एफटिसी र युभेन्ट्सलाई किभको चुनौती

- Advertisement -spot_img

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोनाले हंगेरीको एफटिसीसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाले एफटिसीसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । एफटिसीको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

समूह ‘जी’ मा रहेको बार्सिलोना ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । बार्सिलोना नकआउट चरणमा प्रवेश गरिसकेको छ । एफटिसी १ अंक जोडेर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब युभेन्ट्सले युक्रेनी क्लब डाइनामो किभसँग खेल्नेछ । घरेलु मैदानमा युभेन्ट्स चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

युभेन्ट्स ९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । युभेन्ट्स नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस्:

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाईटेड र पीएसजी बीच प्रतिस्पर्धा

मेस्सीको गोल सेलेब्रेसनले बार्सिलोनालाई जरिवाना

मेस्सी, लेवान्डोस्की र सलाहलाई पछि पार्दै रोनाल्डोलाई गोल्डेन फुट अवार्ड

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु