Information is intelligence
HomeScience & Technologyबिहे गर्न लमी चाहियाे ? आयो ‘पञ्चेबाजा’ एप

बिहे गर्न लमी चाहियाे ? आयो ‘पञ्चेबाजा’ एप

- Advertisement -spot_img

तपाइँ विवाह गर्न लागिरहनुभएकाे छ र तपाइँले खाेजेजस्ताे भनेजस्ताे वर वा वधु प्राप्त गर्न सक्नुभएकाे छैन भने अब तपाईँकाे तनाव हट्ने भएकाे छ ।

घरमै बसीबसी उपयुक्त वर वा वधू खोज्नका लागि हाफफूल टेक्नोलोजीले ‘पञ्चेबाजा’ एप ल्याएको छ । यस एपबाट तपाईले  छाेराछाेरी अथवा कुनै आफन्तका लागि वर वा वधू खोज्न खोज्न सक्नुहुनेछ ।

यदि तपाई आफैं केटा वा केटीको खोजीमा हुनुहुन्छ भने तपाइँलाइ याे एपले भरपुर सहयाेग गर्ने छ । विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन् । नेपालमा पनि केहि अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन् ।

गत दशैंअघि औपचारिक रुपमा सार्वजनिक गरिएको यस एपबाट भने डेटिङमात्रै होइन, जीवन साथी नै खोज्न सकिने छ । आफूले चाहेजस्तो वर वा वधू खोज्न सहज बनाउने उद्देश्यले नै एप ल्याइएको कम्पनीका संस्थापक/सञ्चालक सन्दिप पौड्याल बताउँछन् ।

यो एपले बिवाह गर्न केटालाई केटी र केटीलाई केटा खोजिदिन भूमिका खेल्नेछ । नेपाली सामान्य अर्थमा भन्नुपर्दा यसले लमीको काम गरिदिने सञ्चालक पौड्याल बताउँछन् । ‘अहिले ३ किसिमको विहे हुन्छ, एउटा मागी विवाह (एरेञ्ज), अर्को लभ म्यारिज र फेसबुक म्यारिज’ उनी भन्छन्, ‘फेसबुकबाटै चिनजान भएर बिवाह हुन थालिसक्यो, यो त फेसबुक भन्दा धेरै उपयोगी हुन्छ ।’

फेसबुकमा आफूलाई यस्तो मान्छे चाहियो भनेर खोज्न नसकिने तर यसबाट भने सकिने उनले बताए । अर्कोतर्फ फेसबुकमा नक्कली खाता बनाएर झुक्काउने कामहरु पनि हुन्छन् । तर यहाँ भने फेक अकाउन्ट बनाएर झुक्याउने सम्भावना कम रहेको पौड्याल बताउँछन् ।

कसरी प्रयोग गर्ने ?

यो एप एन्ड्रोइड र आइफोन दुबैमा माेडलमा उपलब्ध रहेको छ । प्लेस्टोर वा एप स्टोरमा गएर ‘पञ्चेबाजा’ एप डाउनलोड गरिसकेपछि तपाईले आफ्नो प्राेफाइल बनाउन सक्नुहुनेछ ।

तस्वीरसहितको प्रोफाइल बनाएपछि तपाईले चाहेको पार्टनर  कस्ताे हाे त्यसकाे बारेमा उल्लेख गर्नुपर्ने  हुन्छ।

फेक प्रोफाइल नबनाेस भनेर एपले अरु फोटो पछि सेल्फी फोटो पनि अपलोड गर्नुस् भन्नेछ । सेल्फी र अन्य फोटो मिलेन भने एपले ‘रातो’ संकेत गर्नेछ । जसलाई शंस्कास्पद मान्न सकिन्छ । सेल्फी’ र अन्य तस्वीरहरु मिलेकेा अवस्थामा भने यो फेक होइन भनेर ‘हरियो’ चिन्ह देखिनेछ । झुक्याउनका लागि प्रोफाइल बनाउनबाट यसले रोक्नेछ । भविष्यमा अझ धेरै सुरक्षा सतर्कता बनाउने कम्पनीको तयारी छ ।

कुन क्षेत्रमा रहेकेा मान्छे चाहियो त्यो राखेपछि त्यहीँ क्षेत्रको मान्छेमात्रै तपाईका लागि देखाउँछ । केटी खोजेको हो भने केटीमात्रै र केटा खोजेको हो भने केटामात्रै देखाउँछ ।

अहिले एपमा मात्रै रहेको र केहि महिनाभित्रै यसलाई वेवमा पनि उपलब्ध गराउने कम्पनीको तयारी छ ।  

download link
Android
Ios

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु