Information is intelligence
HomeNewsहोटेलमा भेटिएका डीएसपी निलम्बित

होटेलमा भेटिएका डीएसपी निलम्बित

- Advertisement -spot_img

कैलाली : कैलालीमा गत मंगलवार राति ड्युटीबाटै सम्पर्कविहीन भएर गत बुधवार बिहान होटेलमा भेटिएका डीएसपी भरतबहादुर चौधरी निलम्बित भएका छन्। इलाका प्रहरी कार्यालय माला खेतीका तत्कालीन प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक चौधरी मंगलवार बेलुकी सात बजेपछि कसैलाई खवरै नगरी सम्पर्कविहीन भएका थिए।

रातभर मोबाइल बन्द भएपछि उनको खोजीमा जिल्ला तथा प्रदेशबाट समेत प्रहरी टोली परिचालन गरिएको थियो। अन्ततः उनी कैलालीकै पहाडी क्षेत्रमा पर्ने बुढी तोलाको एक होटेलमा मोटरसाइकलसहित फेला परेका थिए। उक्त घटनामा मुछिएपछि उनलाई जिल्ला तानेर अनुसन्धान थालिएकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले निलम्बनका लागि सिफारिस गरेको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उनलाई गत १२ गतेको गृह मन्त्रालयको निर्णयअनुसार निलम्बन गरिएको हो। उनको विषयमा छानबिन गर्न बनेको सुदूरपश्चिम प्रदेश दङ्गा नियन्त्रण गण कञ्चनपुरका प्रहरी उपरीक्षक दिलीप देउवा नेतृत्वको टोलीले समेत छानबिन प्रतिवेदन बुझाइसकेको छ।

यो पनि : नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु