Information is intelligence
HomeSportsअन्तिम एकदिवसीयमा अष्ट्रेलियालाई पराजित गर्दै भारतको जित

अन्तिम एकदिवसीयमा अष्ट्रेलियालाई पराजित गर्दै भारतको जित

- Advertisement -spot_img

भ्रमणकारी टिम भारतले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलियालाई पराजित गरेको छ ।

क्यानबेरामा बुधबार भएको खेलमा भारतले अष्ट्रेलियालाई १३ रनले पराजित गरेको हो । भारतले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ८९ रनमा समेटियो।

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ७५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार जोगाउन सकेनन् ।यस्तै ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए । एलेक्स केरीले ३८ रन जोड्दा एस्टन अगरले २८ रन बनाए । मोइस हेन्रिक्स २२ र क्यामरुन ग्रीन २१ रनमा आउट भए ।

भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । जस्प्रित बुम्राह र टी नटराजनले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका अर्का खेलाडी रविन्द्र जडेजाले अविजित ६६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले पनि ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यससँगै कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए ।कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पुरा गरेर कीर्तिमान बनाएका हुन् ।

कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । तेन्दुलकरले ३ सय इनिङ्समा १२ हजार रन पुरा गरेका थिए ।कोहली एकदिवसीयमा १२ हजार रन पुरा गर्ने दोस्रो भारतीय र विश्वका छैटौं खेलाडी हुन् ।

त्यसबाहेक भारतका शुबमन गिलले ३३ रन जोड्दा श्रेयस एयरले १९ रन बनाए । शिखर धवन १६ रनमा आउट भए ।

अष्ट्रेलियाका एस्टन अगरले २ विकेट लिए । एडम जाम्पा, जोश हाजलवुड र सिन एब्बोटले १/१ विकेट लिए । अन्तिम खेलमा भारतसँग पराजित भएपनि तीन खेलको सिरिज अष्ट्रेलियाले २-१ ले जितेको छ ।

अब भारत र अष्ट्रेलियाबीच तीन खेलको टी-ट्वान्टी सिरिज हुनेछ । पहिलो टी-ट्वान्टी शुक्रबार हुनेछ ।

यो पनि पढ्नुहोस्:

एकदिवसीयमा कोहलीको कीर्तिमान: तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग

लामिछाने कोरोना मुक्त

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु