Information is intelligence
HomeScience & Technology८०० वर्षमा पहिलो पटक यस्तो ग्रह संरेखण हुँदै, अन्तरिक्ष अवलोकनकर्ताका लागि दुर्लव...

८०० वर्षमा पहिलो पटक यस्तो ग्रह संरेखण हुँदै, अन्तरिक्ष अवलोकनकर्ताका लागि दुर्लव क्षण

- Advertisement -spot_img

“शनि र बृहस्पति ग्रह समरेखामा देखिने यो क्षण दुर्लव छ, प्राय यस्तै पङ्ति २० वर्ष आस-पासमा देखिन्छ नै तर एकअर्का सँग यो पाली समरेखामा हुनुको अलावा यिनीहरु निकै नजिक नजिक पनि हुनेछन् जुन कारणले यो पङ्तिवद्ध क्षणको अवलोकन झन द्रुलभ मानिएको हो। “राइस विश्वविद्यालयका खगोलविद् प्यट्रिक हर्टिगन बताउँछन। पछील्लो पटक यस्तै एक अर्का निकै नजिक भएर यो पङ्तिवद्ध स्थिती मार्च ४, १२२६ तिर भएको थियो।

यो क्षण अवलोकन गर्न सबैभन्दा उत्तम क्षेत्र इक्वेटर नजिक मानिन्छ भने आकाश सफा रहेको अवस्थामा पृथ्वीको जुनसुकै स्थानबाट पनि सहभागी हुन सकिन्छ।

यि दुई ग्रहको पङ्तिवद्ध दृष्‍य हरेक साँझ सुर्यास्त पछी १ घण्टासम्म देख्न सकिने छ। आफ्नै आँखाले दृष्‍य हेर्न इच्छुकहरुले आफ्नो टेलिस्कोप पश्चिम दिशा तर्फ मोड्नुहोला।

“डिसेम्बर २१, यि ग्रहहरु नजिकै पुग्ने साँझमा तिनीहरू दुई ग्रहहरू जस्तै देखिनेछन्, पूर्णिमाको व्यास १/५ मात्रले विभाजित,” हार्टिगन भन्छन्। “धेरै जसो टेलिस्कोप दर्शकहरूका लागि प्रत्येक ग्रह र उनीहरूका सबै ठूला चन्द्रमाहरू त्यो साँझ उही क्षेत्रको दृश्यमा देखिने छन्।”

साँझको समयमा यि ग्रहहरु चम्किला देखिने हुँदा अमेरिकामा हुने अवलोकन कर्ताहरुको लागि यो सबै भन्दा उत्तम समय हुन सक्छ। कता पटी हेर्ने भने र निधो गर्न गाह्रो हुनेहरुलाई ‘स्टेलारियम’ जस्ता वेब्साइटहरु उपयोगी सावित हुन्छन।

यद्यपि यस प्रकारको पङ्तिबद्धता मध्य युगदेखि देखिएको छैन, त्यसैले यो घटना मार्च २०८० मा फेरि छिट्टै हुनेछ। तर त्यसपछी भने २४०० भन्दा अघी बृहस्पति र शनिको यती नजिकको पङ्तिबद्धता देख्न पाइने छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु