Information is intelligence
HomeEconomyपत्याउनै नसकिने गरि बढ्यो सुनको मूल्य

पत्याउनै नसकिने गरि बढ्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन १ हजार ६ सयले बढेको हो । आज सुन ९२ हजार ६०० मा कारोबार भइरहेको छ । यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढ्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु