Information is intelligence
HomeSportsनेयमार चम्किदा पीएसजीको जित

नेयमार चम्किदा पीएसजीको जित

- Advertisement -spot_img

च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले म्यान्चेष्टर युनाईटेडलाई हराएको छ । बुधबार राति समूह एचको खेलमा पीएसजीले घरेलु टोली म्यान्चेष्टर युनाईटेडलाई ३–१ ले हराएको हो ।

पीएसजीको जित ब्राजिली स्टार नायक रहे । उनले दुई गोल गरे । थप एक गोल मार्कुन्होसको नाममा रह्यो । युनाईटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काए ।

खेलको छैटौ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । रासफोर्डले गोल घरेलु टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

मार्कुन्होसले ६९ औं मिनेटमा पीएसजीलाई २–१ ले अघि बढाए । लगत्तै खराब ट्याकल गरेको भन्दै युनाईटेडका फ्रेड रातो कार्ड खादै मैदान बाहिरिए । अन्तिम ३० मिनेट युनाईटेडले १० खेलाडीमा सिमित बनेको खेलेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै युनाईटेडविरुद्ध सहज जित निकाल्न सफल भए ।

सोही समूहको अर्को खेलमा जर्मनको आरबी लाईपेजिगले ईस्तानबुल बासाकेशिरमाथि ४–३ को जित निकाल्न सफल भयो । समूह चरणको पाँचौ खेलमा तीन अंक बटुल्दै बुन्डेसलिगा क्लबले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनायो ।

समूह एचमा युनाईटेड, पीएसजी र आरबी आईपेजिगको समान ९ अंक भएको छ । अघिल्लो चरण पुग्न तीन वटै टोलीलाई जित निकाल्न आवश्यक छ । ईस्तानबुल ३ अंक सहित तालिकाको पुछारमा छ ।

यो पनि:

मेस्सीको गोल सेलेब्रेसनले बार्सिलोनालाई जरिवाना

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु