Information is intelligence
HomePoliticsकांग्रेसका वरिष्ठ नेता पौडेल आज फेरी पूल उद्घाटनमा जादै

कांग्रेसका वरिष्ठ नेता पौडेल आज फेरी पूल उद्घाटनमा जादै

- Advertisement -spot_img

काठमाडौं- हिजो बुधबार लफडा भएर उद्घाटन हुन नसकेको तनहुँको बल्दी खोला पुल आज उद्घाटन हुने भएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज ११ बजे व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बल्दी खोलाको पुल उद्‌घाटन गर्ने नेपाली कांग्रेसले जनाएको छ।

बुधबार पौडेल उद्घाटन गनृका लागि जाँदा नेकपाका कार्यकर्ताहरुले  विरोध प्रदर्शन गरेका थिए भने जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेको थियो । सो क्रममा पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले बेलुका मात्र छाडेको थियो । चर्को दबाब र आलोचनामाथि प्रशासनले तीन घण्टापछि उनलाई रिहा गरेको थियो।

हिजो उद्‌घाटन गर्न रोकिएको पुल आज बिहीबार बिहान ११ बजे वरिष्ठ नेता पौडेलले नै उद्घाटन गर्ने कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु