Information is intelligence
HomeSportsराष्ट्रिय फुटबलको ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा

राष्ट्रिय फुटबलको ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा

- Advertisement -spot_img

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोली बाहिर रहेका कप्तान विराज महर्जन र फरवार्ड बिमल घर्तीमगरलाई टोलीमा समेट्दै ५८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरेको छ ।

एन्फाले मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई मध्यनजर गर्दै राष्ट्रिय टोलीको लागि प्रारम्भिक टोली घोषणा गरेको हो । यसवर्ष ‘ए’ डिभिजन लिग नहुने भएपछि एन्फाले गत वर्षको लिगसँगै माफसलका विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो । प्रशिक्षण मंसिर २८ देखि सुरु हुनेछ ‌।

प्रशिक्षक योहान कालिन नफर्केका कारण कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नै टोलीको जिम्मेवारी सम्हालेका छन् । एन्फाले हालसम्म कालिनको अवस्थाबारे कुनै जानकारी दिएको छैन । उनको सम्झौता फेब्रुअरीसम्म रहेका कारण एन्फाले अब चाडैं निर्णय लिने बुझिएको छ ।

टोलीमा कप्तान विराज महर्जनसँगै फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी पनि फर्किएका छन् । आदित्य चौधरीले तीन वर्षपछि टोलीमा पुनारगमन गरेका छन् । मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन् ।

प्रारम्भिक चरणमा ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्ड टिममा परेका छन् ।

यस्तै प्रशिक्षक महर्जनले यस पटक १२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा मौका दिएका छन् ।

गत सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका १२ युवा खेलाडीलाई प्रशिक्षक महर्जनले पहिलो पटक बन्द प्रशिक्षणका लागि मौका दिएका हुन् ।

नयाँ खेलाडीमध्ये ५ जनले यू-१९ एएफसी कप छनोट खेलिसकेका छन् । यस्तै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा टिममा रहेका ५ खेलाडी छन् ।

नेपालले आगामी जुन सम्म दशरथ रंगशालामा एसियाली पावर हाउस अष्टे«लिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै एन्फाले सो खेल अघि अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको प्रयास गर्नेछ ।

प्रशिक्षक महर्जनले पहिलो पटक मछिन्द्रका स्ट्राइरक रेजिन सुब्बा, थ्री स्टारका डिफेन्डर निशान खड्का, एनआरटीबाट राजेश परियार र अशोक थापालाई मौका दिएका छन् ।

त्यस्तै व्रिगेड ब्वाईजका विशाल सुनार, रन्दिप पौडेल, रजत तिवारी, जयाँ गुरुङ, फ्रेन्ड्सका देव लिम्बु, प्रिजेन तामाङ, संकटाका दिपेश आले र एपीएफका राजिव लोप्चाङले
बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका छन् ।

प्रारम्भिक टोली :

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु – ७ जना

डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान – १८ जना

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल – २० जना

फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ – १३ जना

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु