Information is intelligence
HomeShare Bazarसेयर बजारमा करेक्सन

सेयर बजारमा करेक्सन

- Advertisement -spot_img

निरन्तर नयाँ रेकर्ड राख्दै आएको सेयर बजारले साताको अन्तिम दिन बिहिबार ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार  बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । बजार खुलेको सुरुमै भने सेयर बजार २१ बिन्दु पार गरेको थियो पछी विस्तारै घट्दै गएको हो  ।

आज नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ अंकमा पुगेको छ नेप्से ०.७५ प्रतिशले घटेको हो यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले घटेर ३९२.२९ अंकमा पुगेको छ ।

कुल २ सय वटा कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे मात्र सेयर बढेकाे छ भने बाँकी १०  वटा उपसमूहकाे सेयर घटेकाे छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनी एक्लैको १ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ। लगातार उछालको गतिमा बढिरहेको यो कम्पनीको सेयरमूल्य बिहीबार भने २३ रुपैयाँले घट्यो । नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ३ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २३ करोड ८२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २२ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकको १८ करोड ७० लाख रुपैयाँ, नबिल बैंकको १८ करोड २४ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड १० लाख रुपैयाँ र नेको इन्सुरेन्सको १४ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यस्तै नेपाल सेवा लघुवित्तका सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ।

यो दिन विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। यी दुई कम्पनीको सेयरमूल्य पछिल्लो समय चलखेल गरी बढाइएको आशंका गरिएको थियो । यी दुईसहित चलखेल गरी सेयरमूल्य बढाइएका अन्य कम्पनीको विषयमा समेत धितोपत्र बोर्डले छानबिन थालिसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु