Information is intelligence
HomeNewsनेपाल एयरलाइन्सलाई हङकङ उडानमा चौथो पटक प्रतिबन्ध

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा चौथो पटक प्रतिबन्ध

- Advertisement -spot_img

काठमाडौं | हङकङले नेपाल एयरलाइन्सको उडानमा चौथो पटक उडानमा प्रतिबन्ध लगाएको छ। हङकङले ३ देखि १५ डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको हो। नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो।

उडान खुलेकै दिन निगमको जहाज २५१ जना यात्रु बाेकेर हङकङ गएको थियो। ती यात्रुमध्ये पाँच जनामा कोरोना पोजिटिभ देखियो भने एक जना शंकामा परे। त्यसपछि हङकङले पुनः चौथो पटक १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।

कोरोना देखिएसँगै हङकङले फेरि १५ दिनका लागि नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको हो। यसअघि ३ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि नेपाल एयरलाइन्सले हङकङ जाने उडानमा नेपालका सरकारी ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेका थियो।

हङकङले पहिलो पटक अक्टोबर ४ देखि नोभेम्बर १७ सम्म, दोस्रोपटक अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रो पटक नोभेम्बर १२ देखि २५ सम्म उडान प्रतिबन्ध लगाएको थियो। तेस्रो पटकको उडान प्रतिबन्ध फुकुवापछि नेपाल एयरलाइन्सले ३० नोभेम्बरमा हङकङ उडान गरेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु