Information is intelligence
HomeNewsबलात्कार अभियुक्त छ वर्षपछि पक्राउ

बलात्कार अभियुक्त छ वर्षपछि पक्राउ

- Advertisement -spot_img

पाँचथर | नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार  थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ । गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु