Information is intelligence
HomeEconomyब्राेकर कमिसन घटाउने मागसहित लगानीकर्ताहरूद्वारा धिताेपत्र बाेर्डमा ज्ञापनपत्र बुझाइयाे

ब्राेकर कमिसन घटाउने मागसहित लगानीकर्ताहरूद्वारा धिताेपत्र बाेर्डमा ज्ञापनपत्र बुझाइयाे

- Advertisement -spot_img

ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुको संगठनले नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् । पुँजी बजारमा सक्रिय ५ वटै लगानीकर्ता संघसंगठनका प्रतिनिधिले बोर्ड समक्ष ज्ञापन पत्र बुझाएका हुन् । बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना मुलुक बाहिर रहेकाले उनीहरुले बोर्ड प्रतिनिधि मुक्ति श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।

पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबार भोल्यूम समेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ ।

यसर्थ, हाल कायम ब्रोकर कमिसन उच्च भएकाले तत्काल घटाउनुपर्ने उनीहरुले बोर्ड समक्ष माग राखेका छन् । अहिले न्यूनतम ०.४% देखि अधिकतम ०.६% सम्म रहेको ब्रोकर कमिसन ०.२५% सम्म झार्न लगानीकर्ताले माग राखेका छन् । विगत लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नियामक निकायसँग आग्रह गर्दै आएका छन् ।

नेपाली पैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु