Information is intelligence
HomeNewsथप १२ सय ७२ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा ६०६

थप १२ सय ७२ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा ६०६

- Advertisement -spot_img

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३८ हजार ८६१ जना पुगेको छ ।  

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जना कोरोना संक्रमित थपिएका छन्।मन्त्रालयका अनुसार  काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ।

यता, पछिल्लो २४ घण्टामा १५ सय ७५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १५ सय ६७ जना पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु