Information is intelligence
HomeNewsराजासहितको हिन्दुराष्ट्र माग्दै राप्रपाको हेटौंडामा प्रदर्शन

राजासहितको हिन्दुराष्ट्र माग्दै राप्रपाको हेटौंडामा प्रदर्शन

- Advertisement -spot_img

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौंडामा मोटरसाइकल र्‍याली तथा सभा गरेको छ।

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको र्‍यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्मपरिवर्तन र बेरोजगारीलगायत विषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमापश्चात् सीमाचोकमा आयोजित सभालाई पार्टी नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले कांग्रेस, कम्युनिस्टको गलत नीतिले मुलुक समस्याको दलदलमा भासिएको बताए । उनले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे ।

यो पनि पढ्नुहोस्:

भ्रष्ट सोचाइ भएकाले जे काममा पनि भ्रष्टाचार देख्छन्: प्रधानमन्त्री ओली

सरकारको उर्दीले रोकिएन राजावादी प्रदर्शन

पौडेलको नियन्त्रणमा: ‍भट्टराईको विरोध,’राजावादीहरूलाई छुट गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?’

भूतप्रेतहरू सलबलाउन थालेः याेगेश भट्टराई

लिङ्देनले यस्तो जवाफ फर्काएपछी, “राजावादी, राष्ट्रवादी हैनन्” भन्ने बाबुराम चुपचाप

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु