Information is intelligence
HomeEntertainment & Artsराजेश हमाल र निखिल उप्रेतीबिना नै बन्ने भयाे खलनायक २

राजेश हमाल र निखिल उप्रेतीबिना नै बन्ने भयाे खलनायक २

- Advertisement -spot_img

गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्मका लागि मुख्य भूमिकामा कलाकार फाइनल भएका छैनन् । ‘खलनायक’ मा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापाको मुख्य भूमिका थियो । यसअघि निर्माता राणाले ‘खलनायक २’ मा उनीहरु दोहोरिने सम्भावना प्रवल रहेको बताएका थिए । तर, अब फिल्ममा पुराना कलाकार कोही नदोहोरिने भएका छन् ।

‘त्यसबेला मैले चलेका कलाकारहरुलाई लिएर ‘खलनायक’ बनाएको थिएँ । यसको दोस्रो पार्टमा भने पुराना कलाकार कोही दोहोरिने छैनन् । ‘खलनायक २’ का लागि अहिलेका चल्तीका केही अभिनेता/अभिनेत्रीसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ । उहाँहरु फिल्म गर्न सकारात्मक देखिनुभएको छ । कलाकारको टुंगो लागेसँगै फिल्मको छायांकन सुरु हुनेछ,’ रोजले भने ।

रोजका विश्वासिला पात्र मानिने विराज भट्ट ‘खलनायक २’ मा दोहोरिन सक्ने धेरैको अनुमान थियो । उनीहरुबीच फिल्मको विषयमा कुराकानी पनि भएको थियो । तर, रोजले विराजलाई पनि फिल्ममा नदोहोर्‍याउने भएका छन् । लभस्टोरी-एक्सन जनरामा निर्माण हुने फिल्ममा रोज आफैं खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन् । यसका लागि उनी शरीर बनाउन मेहनत गरिरहेका छन् ।
– फिल्मी खबरबाट साभार

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु