Information is intelligence
HomeSportsचोटका कारण जडेजाले टी-ट्वान्टीको बाँकी खेल गुमाउने

चोटका कारण जडेजाले टी-ट्वान्टीको बाँकी खेल गुमाउने

- Advertisement -spot_img

भारतका अलराउण्डर रविन्द्र जडेजाले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले जडेजाले अष्ट्रेलियाविरुद्धको बाँकी दुई खेल गुमाउने जनाएको छ ।  

जडेजाले सिरिजका बाँकी खेल गुमाउने भएपछि भारतले उनको स्थानमा सार्दुल ठाकुरलाई टिममा बोलाएको छ । जडेजाले शुक्रबार भएको पहिलो खेलमा चोट बोकेका थिए । जुन खेल भारतले ११ रनले जितेको थियो ।

ब्याटिङ गर्ने क्रममा जडेजाले ह्यामस्ट्रिङको चोट बोकेका थिए ।

यस्तै जडेजाको टाउकोमा बलले समेत लागेको थियो । मिचेल स्टार्कको बाउन्सर बलले उनको टाउको लागेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु