Information is intelligence
HomeEntertainment & Artsकेकी र साेनमकाे चाेखाे माया झुटाे भएपछि

केकी र साेनमकाे चाेखाे माया झुटाे भएपछि

- Advertisement -spot_img

नायिका केकीअधिकारी र माेडल तथा गायक दिपेन्द्र साेनमकाे अभिनय रहेकाे ‘चाेखाे माया’ बाेलकाे गीत युट्युबमा सार्वजनिक भएकाे छ ।

मायामा हुने शंका र शंकाकाे कारण हुने विवादलाइ खुलेर अभिनयमार्फत केकी र दिपेन्द्रले भिडियाेमा प्रस्तुत गरेका छन् ।

गीतमा अञ्जु पन्त र दिपेन्द्र साेनमले स्वर भरेका छन् भने गायक तथा संगीतकार चिरन्जीवी भण्डारीले संगीत भरेका छन् । गीतकाे भिडियाेलाइ निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।त्यस्तै गीतकारकाे रूपमा इन्दिरा बाेगटी रहेकी छिन् ।

गीत युट्युबमा इनाक्षी इन्टरनेन्मेन्ट च्यानलमार्फत सार्वजनिक गरिएकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु