Information is intelligence
HomeSportsपीएसजीको जितमा एम्बाप्पेको पीएसजीमा सय गोल पुरा

पीएसजीको जितमा एम्बाप्पेको पीएसजीमा सय गोल पुरा

- Advertisement -spot_img

केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट सय गोल पुरा गरेका छन् ।

शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ३–१ ले पराजित गर्ने क्रममा एम्बाप्पले सय गोल पुरा गरेका हुन् । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा एम्बाप्पेले पीएसजीबाट सय गोलको कोशेढुङ्गा पार गरे । उनले १ सय ३७ खेलमा सय गोल पुरा गरेका हुन् ।

उनी पीएसजीबाट सय गोल पुरा गर्ने पाँचौ खेलाडी बनेका छन् । फ्रान्सका अन्तराष्ट्रिय फरवार्ड १ सय ६५ मिलियन पाउण्डमा पीएसजी आउनु अघि मोनाकोबाट २७ गोल गरेका थिए ।

नेयमारलाई आराम दिईएको खेलमा एम्बाप्पेलाई समेत बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गराईएको थियो ।

यो पनि पढ्नुहोस्:

नेसन्स लिगको सेमिफाइनल ‘ड्र’ सार्वजनिक

लुइस स्वारेज कोराना मुक्त

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु