Information is intelligence
HomeNewsतस्कर र प्रहरीबीच पिस्तोल हानाहान, एक घाइते

तस्कर र प्रहरीबीच पिस्तोल हानाहान, एक घाइते

- Advertisement -spot_img

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खाा नगरमा रहेको कलस होटलमा गोली चलेको छ ।

मिलनचोक देखि पुर्व तर्फ रहेको उक्त होटलमा गैडाको खाग तस्करीमा संलग्न र प्रहरीबीच पिस्तोल हानाहान भएको हो ।

तस्करहरु होटलमा बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गरेको प्रहरीले बताएको छ । जवाफी फायरीङमा तस्करीमा सम्लग्न एकजना घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनलाई चिउडोमा गोली लागेको छ । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको प्रहरीले बताएको छ । उनीहरुको परिचय नखुलेको इलाका प्रहरी कार्यालय बुटवलका डट्एठसपी प्रतितसिंह राठौरले बताए ।

यो पनि :५ वटा ट्रकमा लैजाँदै गरेको १२१ गोरु नियन्त्रणमा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु