Information is intelligence
HomeRochak Duniyaभारतमा मृत्युदण्डको सजाय सुनाएपछि न्यायाधीशले कलमको निभ किन भाँच्छन्!

भारतमा मृत्युदण्डको सजाय सुनाएपछि न्यायाधीशले कलमको निभ किन भाँच्छन्!

- Advertisement -spot_img

एजेन्सी । न्यायाधीशहरूले मृत्युदण्डको सजाय सुनाइसकेपछि किन कलमको निभ भाँच्छन् ? यो बारेमा धेरैलाई जिज्ञासा रहने गर्दछ। प्राय भारतीय चलचित्रहरुमा देखिने यो प्रकृया वास्तविकतामा पनि हुने गर्दछ।

भारतमा न्यायाधीशहरूले मृत्यदण्ड सुनाइसकेपछि प्रयोग गरिरहेको कलमको निभ भाँच्ने चलन छ । न्यायाधीशले त्यस्तो गर्नुमा धेरै कारणहरू छन् ।

कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृत्युजस्तो अन्तिम फैसला लेखेपछि त्यहीँ कलमले अरुको फैसला गर्न नहुने मान्यताका अनुसार न्यायाधीशहरू कसैको पनि मृत्युदण्डको सजाय सुनाइसकेपछि त्यो कलमको निभ भाँच्ने गर्दछन् ।

कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ ।

मृत्युदण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ ।

न्यायाधीशहरूसँग मृत्युदण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय मिडीयाहरूको तर्क रहेको छ ।

मृत्युदण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु