Information is intelligence
HomeNewsयस्ता बाइकविरुद्ध प्रहरी कारबाही हुँदै

यस्ता बाइकविरुद्ध प्रहरी कारबाही हुँदै

- Advertisement -spot_img

विराटनगर | जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडकमा अत्याधिक ध्वनी प्रदुषणसहित कुदाउने गरिएका मोटरसाइकलविरुद्धको कारबाही तीव्र पारेको छ।

स्वरुप परिवर्तन (मोडिफाई) गरेर ठूलो आवाजसहित सडकमा पड्कँदै कुद्ने यस्ता मोटरसाइकल धमाधम कारबाहीमा पर्न थालेका हुन्। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार कम्पनीको साइलेन्सर पाइप हटाएर ‘मोडिफाई’ गर्दै कुदाइने बुलेटले ध्वनी प्रदूषण गरेर आतंक सिर्जना गर्न थालेपछि नियन्त्रणमा लिन थालिएको छ। मोटरसाइकलमा सवार व्यक्तिलाई नियन्त्रणमा लिएर जरिवानासहित कम्पनीकै साइलेन्सर प्रयोग गर्न लगाउन थालिएको उनले जानकारी दिए।

कम्पनीको साइलेन्सर परिवर्तन गरेर ठूलो आवाज बनाई कुदाइने मोटरसाइकलका कारण प्रदेश ध्वनी प्रदूषण बढेको र तीव्र गतिमा कुदाइने गरेका कारण दुर्घटनाको जोखिम बढेको गुनासो आउने गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

एसपी खड्का र प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माको निर्देशनमा स्वरुप परिवर्तन गरिएका बुलेटसहित सबै मोटरसाइकललाई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरीले सक्रियता बढाएको हो।

ठूलो आवाज आउने बनाउन साइलेन्सर फेर्दै स्वरुप परिवर्तन गरेर कुदाइएकामध्ये एउटा मोटरसाइकललाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ। विराटनगरमा सोमबारदेखि यस्ता मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीको प्रक्रियामा लगिएको प्रनि पोदारले बताए। एकै दिनमा एक दर्जन मोटरसाइकल कारबाहीमा परेका छन्।

यसैबीच सवारी चालकलाई जथाभावी प्रेसर हर्नको प्रयोग नगर्न उर्दी जारी गर्दै ‘हर्न निषेध’ कार्यान्वयनमा मोरङ प्रहरी सक्रिय भएको छ। निजी, सरकारी तथा सार्वजनिक सवारी साधनले जथाभावी प्रेसर हर्नको प्रयोग गरिरहेको पाइएपछि कडाई थालिएको एसपी खड्काले बताए।

हर्न बजाउने नाममा त्यसको दुरुपयोग भएको र ध्वनी प्रदूषणसमेत बढेकोभन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले २०७४ साल असोज १ गतेबाट साना तथा ठूला सवारी साधनलाई लक्षित गर्दै प्रदेशमा ‘हर्न निषेध’ गरेको थियो। तत्कालिन प्रदेश प्रहरी प्रमुख एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पशुपति उपाध्यायले प्रदेशमा ‘नो निषेध’को अवधारणा ल्याएर लागू गरेका थिए। केही समयसम्म त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भए पनि अहिले प्रभावकारिता शून्य छ।

ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउने सवारी साधन र चालकलाई कारबाही गर्ने गरेको थियो। तर पछिल्लो समय हर्न बजाउनेलाई कुनै कारबाही छैन। प्रदेशमा पर्ने झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लामा हर्न बजाउन नपाइने नियम लागू गरिएको थियो। सबै जिल्लाका मुख्य राजमार्ग एवं सहायक राजमार्ग र सवारी साधनको चाप अत्यधिक हुने स्थानलाई लक्षित गरेर ट्राफिक प्रहरीले ‘हर्न निषेध’का बोर्डहरुसमेत राखिसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु