Information is intelligence
HomeNewsकार दुर्घटनामा एकको मृत्यु, ३ घाइते

कार दुर्घटनामा एकको मृत्यु, ३ घाइते

- Advertisement -spot_img

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ ।

चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्याइएको बताए । घाइते श्रेष्ठको अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । सोही कारमा सवार  मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए ।  प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु