Information is intelligence
HomePolitics‘सुर्य थापालाई दलालको संख्या दिँदै यस्तो भने गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले

‘सुर्य थापालाई दलालको संख्या दिँदै यस्तो भने गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले

- Advertisement -spot_img

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद उग्र बन्दै जाँदा त्यसको असर जनवर्गीय संगठन र सचिवालयमासमेत परिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष वामदेव गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरेका छन्। नेकपाको सचिवालय बैठकमा गौमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको बदनाम गरेको भन्दै तुरुन्त पदबाट हटाउन आग्रह गरेपछि थापाले उक्त तस्बिर पोष्ट गरेका हुन् ।

यो पनि: नेकपा विवाद: यो तस्बिर राखेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लेखे यस्तो

उनले गौतम गृहमन्त्री हुंदा बाटो काटेको तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै को कस्तो ? तस्बिर काफी छ भनेर ब्यंग्य हानेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेताहरुको आलोचना गर्ने गरेको भन्दै नेकपाभित्र उनको चर्को विरोध हुंदै आएको छ ।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले थापाको चर्को आलोचना गरेका छन् । सुवेदीले थापाको काम भनेको नै अर्काको दलाली,चाकडी र हुर्मत लिने भएको आरोप लगाएका छन् । उनले २०७४ सालको चुनावमा गौतमलाई हराउन भुमिका खेलेको भन्दै त्यस्ता व्यक्तिलाई कार्वाही हुनुपर्नेमा प्रधानमन्त्रीको सल्लाहकार बनाइएकोमा असन्तुष्टि समेत जनाएका छन् ।

यो पनि: भ्रष्ट सोचाइ भएकाले जे काममा पनि भ्रष्टाचार देख्छन्: प्रधानमन्त्री ओली

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु