Information is intelligence
HomeEconomyसेयर बजार एकाएक किन भयो यसरी प्रभावित ?

सेयर बजार एकाएक किन भयो यसरी प्रभावित ?

- Advertisement -spot_img

काठमाडौं : केन्द्रीय बैंकले सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि सेयर बजार बेस्सरी प्रभावित भएको छ । हाल लगानीकर्ताले सेयर धितोमा ७०% सम्म कर्जा पाउँदै आएका छन् । १२० दिनको औसत मूल्यलाई आधार मानेर कर्जा दिइने गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत धितो कर्जाको वर्तमान व्यवस्थामा परिमार्जन गरिने भनेको छ ।

सोही कारण आइतबार बजार बेस्सरी प्रभावित भएको हो । यस्तै, केहीले कालोधन भित्रिएको र धितोपत्र बोर्डले नेप्सेले छानबिन गर्दैछ भन्ने हल्ला पनि फैलाएका छन् । यसले पनि बजारलाई केही हदसम्म असर गरेको हो । तथापि, आम लगानीकर्ता यस्ता हल्लाका पछि लाग्नु हुँदैन । यता, लगानीकर्ताहरुले भने अहिलेको अवस्थामा कुनै पनि हालतमा सेयर धितो कर्जाको विद्यमान व्यवस्थामा परिमार्जन गर्न नहुने बताएका छन् । ब्रोकर कमिसन पनि घटाउन उनीहरुले दबाब दिएका छन् । सूचक घटे पनि खदिरबिक्री रकम निकै उत्साहप्रद रहेको छ । यसअघि बढेको बजारबाट केही ठूला र संस्थागत लगानीकर्ताले नाफा बुक गर्दा पनि बजार प्रभावित भएको हो ।

यसबाहेक बजार विरोधी केही हल्लाहरु फैलाइएकाले पनि लगानीकर्ता त्रसित भएको अनुमान छ । १ बजे आसपासमा नेप्से करिब ७० अंकले घटेको छ भने खरिदबिक्री रकम ४ अर्ब ३८ करोड नाघिसकेको छ । खरिदबिक्री रकम निकै उत्साहप्रद हो ।

नेपाली पैसा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु