Information is intelligence
HomeRochak Duniyaहजुरआमाले जन्माइन् आफ्नै नातिनी

हजुरआमाले जन्माइन् आफ्नै नातिनी

- Advertisement -spot_img

एजेन्सी | अमेरिकामा एक हजुरआमाले आफ्नै नातिनी जन्माकी छन् । अमेरिकाको नेब्रेस्कामा ६१ वर्षीय सेसेल एलेड्जले आफ्नो समलिङ्गी छोरा र उनको श्रीमान्‌को सरोगेट आमा बन्दै आफ्नै नातिनी जन्माएकी हुन्।

एलेड्जले नौ महिना पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत हप्ता उमा लुइस नातिनीलाई जन्म दिएकी हुन्।

छोरा र उनको श्रीमान्‌ले परिवार सुरु गर्न चाहेपछि एलेड्जले बच्चा जन्माइदिने प्रस्ताव राखेको बताइन्। सुरूमा सबैले हाँसोमा उडाए,को उनले बताएकी जनाइएको छ।

जब छोरा एलेड्ज र डोथ्रीले बच्चाका लागि उपायहरू खोज्न थाले तब एक चिकित्सकले आमाको प्रस्ताव ठिक हुने बताए पछि केही परीक्षणहरू गरियो र एलेड्जलाई सोरोगेट आमा बन्न बाटो खुल्यो।

उनका लागि छोराले वीर्य र छोराको श्रीमान्‌को बहिनीले डिम्ब दान गरेको बताइएको छ।बीबीसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु