Information is intelligence
HomeEconomyनेगेटिभ सर्किट,तर काराेबार रकम भने उत्साहजनक

नेगेटिभ सर्किट,तर काराेबार रकम भने उत्साहजनक

- Advertisement -spot_img

नकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको सेयर बजारमा ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । काराेबारकाे कुल रकम हेर्दा याे सुखद नै देखिएकाे छ ।

बजार ६% घटेपछि दिउँसो २ बजेर १३ मिनेट जाँदा कारोबार स्थगित गरिएको हो । अब बजार सोमबार मात्र खुल्नेछ । नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि बजार बेस्सरी प्रभावित भएको हो ।

यसबाहेक अन्य कतिपय नकारात्मक हल्ला पनि फैलाइएका छन् । १ करोड ५४ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । कारोबार भएका सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ९.१३% ले घटेको छ । यसमा नेपाल टेलिकम तथा पुनर्बिमा लगायतका कम्पनीहरुको वर्चस्व छ ।

यस्तै बिमा समूह, उत्पादनमूलक तथा व्यापारिक समूहहरुमा पनि भारी गिरावट आएको छ । वाणिज्य बैंक समूहको सूचक ६४.९ अंकले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्सुरेन्स तथा नेपाल टेलिकमको वर्चस्व रहेको छ । डेढ दर्जन कम्पनीको भाउ ९% माथि घटेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु