Information is intelligence
HomePoliticsओलीको पत्र- प्रचण्डको प्रस्तावमाथि छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ

ओलीको पत्र- प्रचण्डको प्रस्तावमाथि छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ

- Advertisement -spot_img

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने दोहोर्‍याएका छन् ।

अध्यक्ष ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले ओलीको पत्र बाचन गरेर सुनाएका थिए ।

‘कमरेड ओलीले बैठकलाई पठाउनुभएको पत्र प्रारम्भमै ईश्वर पोखरेलले वाचन गरेर जानकारी गराउनुभयो । ओलीले पूर्व मान्यता अनुसार प्रचण्डको प्रस्ताव छलफल गर्न नसकिने र बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउनुभएको थियो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

यो पनि पढ्नुहोस्:

कडा सुरक्षाका साथ नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

‘सुर्य थापालाई दलालको संख्या दिँदै यस्तो भने गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले

टिकटकमा छाए ओली (भिडियो)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु