Information is intelligence
HomeSportsभारतलाई अष्ट्रेलियाको १ सय ९५ रनको लक्ष्य

भारतलाई अष्ट्रेलियाको १ सय ९५ रनको लक्ष्य

- Advertisement -spot_img

घरेलु टिम अष्ट्रेलियाले दोस्रो टी-ट्वान्टी क्रिकेटमा भारतलाई जितका लागि १ सय ९५ रनको लक्ष्य दिएको छ । सिड्नीमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाए । ग्लेन म्याक्सवेलले २२ रन जोड्दा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।

भारतका टी नटराजनले २ तथा सार्दुल ठाकुर र युजभेन्द्र चाहलले १/१ विकेट लिए । अष्ट्रेलिया भ्रमणमा रहेको भारत तीन खेलको सिरिजमा १-० ले अघि रहेको छ ।

दोस्रो खेल जित्दै भारत सिरिज जित्ने लक्ष्यमा रहेको छ । अष्ट्रेलिया पनि दोस्रो खेल जित्दै सिरिज जोगाउने योजनामा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु