Information is intelligence
HomeHealthजाडाेमा सुख्खा खाेकीबाट छुटकारा पाउने तरिका

जाडाेमा सुख्खा खाेकीबाट छुटकारा पाउने तरिका

- Advertisement -spot_img

जाडाेमा चीसाे लाग्नु स्वभाविक हाे तर याे माैसममा सुख्खा खाेकी तपाइँकाे लागि चिन्ताकाे कारण बन्न सक्छ । सुख्खा खाेकीलाइ अंग्रेजीमा ड्राइ कफ भनिन्छ। याे समस्याबाट छुटकारा पाउन साेचेजति सजिलाे छैन । तर केही आयुर्वेदिक तरिकाहरू छन् जसले तपाइँलाइ सुख्खा खाेकीबाट छुटकारा दिलाउन सक्छन् । घरमै बसेर सुख्खा खाेकीकाे उपचार गर्ने केही पद्दतीहरूकाे बारेमा जानकारी दिन तपाइँलाइ याे लेख सहयाेगी बन्न सक्छ। आउनुहाेस सुरू गराैँ –

सुख्खा खाेकीकाे घरेलु उपचार गर्नका लागि तपाइँलाइ मह ,अदुवा र ल्वाङकाे आवश्यकता पर्दछ । यी सबै चिज हाम्राे भान्सामा सहजै उपलब्ध हुने कुराहरू हुन् । यीनीहरूमा हीलिंग प्राेपर्टी धेरै हुने हुनाले यी चीजहरूले तपाइँलाइ सुख्खा खाेकीबाट छुटकारा दिलाउन मद्दत गर्नुका साथै तपाइँकाे इम्युनीटी पावर बढाउन पनि सहयाेगी भूमिका निर्वाह गर्दछन् ।

आयुर्वेदिक डाक्टरहरूका अनुसार अदुवामा फलेगम एन्टीम्याक्राेबायल गुण  भरपुर हुन्छ । महमा डेम्युलसेन्ट गुण हुने भएकाले यसले घाँटीलाइ आराम पुर्याउन मद्दत गर्छ ।

माथी उल्लेख गरिएका चीजहरू प्रयाेग गर्ने तरिका

  • सुख्खा खाेकी ठिक  गर्नका लागि सबैभन्दा पहिले एक चम्चा महमा थाेरै अदुवाकाे रस मिलाएर पिउनुस। त्यसपछि मुखमा ल्वाङकाे डाँठ राख्न सक्नुहुन्छ । ल्वाङले तपाँकाे घाँटीलाइ सुख्खा हुनबाट जाेगाउँछ ।
  • दुइ चम्चा महलाइ आधा गिलास मनताताे पानीमा मिलाएर पिउनुस। दैनिक याे तरिका अपनाउँदा सुख्खा खाेकीबाट छुटकारा पाउन सकिन्छ ।
  • अदुवाकाे एक गाँठाेलाइ कुटेर त्यसमा एक चिम्टि नुन हालेर मुखमा हाल्नुहाेस र त्यसकाे रसलाइ चुसिरहनुस। ५ मिनेटसम्म मुखमा राखेर मुखलाइ राम्राेसँग कुल्ला गर्नुहाेस् ।  
  • ल्वाङ हालेकाे चिया पिउनाले पनि सुख्खा खाेकीबाट छुटकारा पाउन सकिन्छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु