Information is intelligence
HomeSportsसाविक विजेता लिभरपुलले उल्भ्ससँग प्रतिस्पर्धा गर्दै

साविक विजेता लिभरपुलले उल्भ्ससँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुलले उल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

लिभरपुलले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ । लिभरपुल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । घरेलु मैदानमा लिभरपुल उल्भ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

लिभरपुल उल्भ्सलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा समेत हुनेछ । लिभरपुल २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । उल्भ्सलाई हराउँन सके लिभरपुल शीर्ष स्थानमा उक्लनेछ ।

तर, बलियो टिम उल्भ्सविरुद्ध लिभरपुललाई सहज भने हुने छैन । उल्भ्स पनि लिभरपुललाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । उल्भ्स १७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

तर, लिभरपुलविरुद्ध उल्भ्सका मुख्य फरवार्ड राउल जेमिनेजले खेल्ने छैनन । टाउको हड्डीको शल्यक्रिया गरेपछि उनी आराम गरिरहेका छन् ।

यता, लिभरपुलका भने केहि खेलाडी मैदान फर्कने सम्भावना रहेको छ । लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र मिडफिल्डर नेबि केईटाले खेल्ने सम्भावना रहेको छ ।

यस्तै प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेस र वेस्ट ब्रुमबीच खेल हुनेछ ।

यो पनि:

टोटेनहम र आर्सनल भिड्दै

म्यानचेस्टर युनाईटेड र चेल्सीको पुनरागमन जित

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु