Information is intelligence
HomeSportsटोटेनहम आर्सनलमाथी भारी

टोटेनहम आर्सनलमाथी भारी

- Advertisement -spot_img

प्रिमियर लिगमा गएराती भएको टोटेनहम र आर्सनलबिचको खेलमा टोटेनहम आर्सनलमाथी भारी परेको छ ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले आर्सनललाई २-० ले पराजित गरेको  छ। खेलको १३ औँ  मिनेटमा डीबक्स बाहिरबाट ह्युङ मिन सनले प्रहार गरेको बलले जाली चुम्न सफल भएको थिए । त्यस्तै पहिलो हाफकै थप समयमा  ह्युङ मिन सनको पासलाई सदुपयोग गर्दै ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने दोश्रो हाफमा कुनै गोल हुन नसक्दा टोटेनहमले  २-० ले जित हासिल गरेको हो।

खेलपछि टोटेनहम ११ खेलमा २४ अंक सहित गोल अन्तरका आधारमा  तालिकाको शीर्ष स्थानमा छ भने साबिक बिजेता लिभरपुल दोश्रो स्थानमा छ । आर्सनल भने ११ खेलमध्ये ४ खेलमा जित १ खेल बराबरी र ६ खेल हार्दै १३ अंकसहित पुछारबाट पाचौं स्थानमा छ।  

यो पनि: लिभरपुल र लेस्टर विजयी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु