Information is intelligence
HomeTourismभिजिट भिसा लिन अंग्रेजी जान्नै पर्ने

भिजिट भिसा लिन अंग्रेजी जान्नै पर्ने

- Advertisement -spot_img

काठमाडौँ | सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ ।

भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्‍याउने गरेका घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसाकै आवरणमा मानव तस्करी बढेको सरकारको निष्कर्ष छ ।

भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाइ टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकामा अब त्यस्ता व्यक्तिले २० लाख रुपैयाँको बीमा र न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

खाडी मुलुकमा मात्रै भिजिट भिसामा गएर अवैध रुपमा बस्ने ५० हजारभन्दा बढी महिला रहेको अनुमान छ । कार्यविधि संशोधनपछि भिजिट भिसामा गएर अलपत्र परे बिमा रकमबाटै उद्धार, उपचार र अन्य बन्दोबस्तीमा खर्च गर्न सहज हुनेछ । अध्यागमन कार्यविधि संशोधनको मस्यौदा बनाएर छिट्टै गृह मन्त्रालयमा पठाइने महानिर्देशक रमेश केसीले बताए ।

भिजिट भिसाका नाममा मानव तस्करले रकम असुलेर नेपाली युवालाई विदेश पठाउने गरेको र त्यसमा सरकारी कर्मचारीकै मिलेमतो रहेको उजुरी परेपछि गृह मन्त्रालयले विमानस्थलस्थित १४ जना अध्यागमन अधिकृतलाई एकै पटक सरुवा गरेर छानबिन थालेको छ ।

ekantipur

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु