Information is intelligence
HomeNewsलाइसेन्स ट्रायलका लागि नयाँं नियम आउँदै, सेवाग्राहीलाई सहज हुने आशा

लाइसेन्स ट्रायलका लागि नयाँं नियम आउँदै, सेवाग्राहीलाई सहज हुने आशा

- Advertisement -spot_img

सवारी चालक अनुमतिपत्र लागि लिखित परीक्षा पास गरेका परीक्षार्थीले १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । यसअघि लिखित परीक्षा पास गरेर ट्रायलमा फेल भएका परीक्षार्थीहरुले ९० दिनभित्र दुई पटकसम्म मात्र ट्रायल दिन पाउने व्यवस्था थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण लिखित परीक्षा पास गरेर ट्रायल दिन नपाएका र पहिलोपल्ट ट्रायलमा फेल भएका परीक्षार्थीलाई लक्षित गरि नियम लागु गरिन लागेको यातायात विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जनाएका छन्।

“यस अघी ९० दिन भित्र नै ट्रायल दिनु पर्ने प्रभाधानले सेवाग्राहीहरुले दवाव र समस्याको अनुभव गरेको भेटिएकोले त्यसलाई मध्य नजर गर्दै यो प्रस्ताव विभागबाट मन्त्रालयमा पेश गरिएको हो। अब यसलाई मन्त्रालयबाट कुन तरिकाले स्विकृति र निर्देशन आउँछ त्यसपछी सेवाग्राहीलाई पुन: जानकारी गराइनेछ” प्रवक्ता भुसालले दरबार टाईम्सलाई बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु