Information is intelligence
HomeEconomyआजबाट अन्तर बैंक एटिएम सेवामा शुल्क लाग्ने

आजबाट अन्तर बैंक एटिएम सेवामा शुल्क लाग्ने

- Advertisement -spot_img

आजबाट अन्तर बैंक एटिएम सेवामा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जनाएको हो । राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

यस्तै राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ । बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सःशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु