Information is intelligence
HomeEconomyएकाएक गिरेकाे बजार त्यसैगरि फर्कियाे , अब के हाेला ?

एकाएक गिरेकाे बजार त्यसैगरि फर्कियाे , अब के हाेला ?

- Advertisement -spot_img

आइतबार एकैदिनमा १२३.३४ अंकले घटेको सेयर बजार सोमबार भने एकाएक फकिएको छ । नेप्से सूचक पनि लगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पर्ने २ हजार विन्दु भन्दा माथि गएर रोकिएको छ । यसले बजारले फेरि नयाँ गति समाउने संकेत गरेको छ । निरन्तर नयाँ उचाई बनाउँदै गएको बजारमा बिहीबारदेखि रोकावट आएको थियो ।

नाफा बुक गर्नेहरु सक्रिय भइरहेका बेला केन्द्रीय बैंकले सेयर धितो कर्जामा पुनरावलोकन गर्न सकिने भन्दै मौद्रिक नीति समीक्षा गरेपछि बजारले एकाएक नकारात्मक झट्का हानेको हो । बजार ऐतिहासिक विन्दुले घटेपछि केन्द्रीय बैंकले लगानीकर्ताहरुसँग छलफल नगरी कुनै पनि निर्णय नलिने बताएको छ । यसमा अर्थ समितिले पनि चासो राखेर गभर्नरलाई छलफलका लागि डाक्ने भनेको छ । यी परिदृश्यहरुपछि आम लगानीकर्ताको मनोबल एकाएक फर्किएको हो ।

यतिबेला बजारमा गिरावट आउपर्ने खास कारण छैन । बैंकिङ प्रणालीमा अधिक तरलता छ । ब्याजदर सस्तो भएको छ । बैंकले सेयर कर्जा दिइरहेका छन् । निक्षेपमा ब्याजदर निकै न्यून विन्दुमा रहेकाले निक्षेपकर्ताहरु पनि सेयर बजारतर्फ नै आकर्षित भइरहेका छन् ।  एक दिनमै सर्वाधिक अंकको गिरावटपछि बजारमा सेयरका भाउहरु पनि सस्तो भएको छ । अधिक तरलता, सस्तो ब्याजदर अनि बजारको चक्रीय नियम अनुसार पनि अब बुलिसको पालो भएकाले नेप्से क्रमशः नयाँ उचाईमा पुग्ने विश्लेषणहरु भइरहेका छन् ।

यसका लागि लगानीकर्तामा धैर्यता भने आवश्यक हुन्छ । सेयर बजारमा उतारचढावहरु आइरहन्छन् । यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । लगानी गर्ने कम्पनीको समग्र वित्तीय अवस्था, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी, रिजर्भ, भविष्यमा व्यवसाय विस्तारको सम्भावना लगायतलाई ध्यान दिएर सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्नु उचित हुने अनुभवीहरुको भनाई छ ।

नेप्से सूचक ७२.२८ अंकले बढेर २००४.३९ विन्दुमा आइपुगेको छ । २०६ कम्पनीको   ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड १९ लाखभन्दा धेरै कित्ता कारोबार भएको छ । खरिदबिक्री भएका सबै समूहको सूचक वृद्धि भएका छन् । बिमा, उत्पादनमूलक, व्यापारिक, हाइड्रोपावर लगायतका समूहका सूचकहरुमा धेरै तेजी आएको छ ।

आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसको १ अर्ब भन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स तथा नेपाल टेलिकम परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु