Information is intelligence
HomeSportsटेस्ट क्रिकेटको नयाँ वरीयता सार्वजनिक, स्मिथ शीर्ष स्थानमा यथावत

टेस्ट क्रिकेटको नयाँ वरीयता सार्वजनिक, स्मिथ शीर्ष स्थानमा यथावत

- Advertisement -spot_img

अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ शीर्ष स्थानमा कायम रहेका हुन् । यस्तै न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो स्थानमा उक्लिएका छन् ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै विलियम्सन दोस्रो स्थानमा उक्लिएका हुन् । अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा रहेका छन् ।

नयाँ वरीयता अनुसार अष्ट्रेलियाका डेभिड वार्नर, भारतका चेतेश्वर पुजारा, इंग्ल्यान्डका बेन स्टोक्स, इंग्ल्यान्डका जोय रुट र न्युजिल्याण्डका टम लाथम छैटौंबाट क्रमशः दशौँ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।

न्युजिल्यान्डका निल वाग्नेर दोस्रो, इंग्ल्यान्डका स्टुवार्ड बोर्ड तेस्रो, न्युजिल्याण्डका टिम साउथी चौंथो र दक्षिण अफ्रिकाका कागीसो राबडा पाँचौं स्थानमा छन् ।

अलराउण्डरतर्फ इंग्ल्यान्डका बेन स्टोक्स शीर्ष स्थानमा उक्लिएका छन् ।

वेष्ट इन्डिजका जासन होल्डर दोस्रो, रबिन्द्र जडेजा तेस्रो, बंगलादेशका शाकिब अल हसन चौंथो र अष्ट्रेलियाका मिचेल स्टार्क पाँचौ स्थानमा रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु