Information is intelligence
HomeSportsबार्सिलोना र युभेन्टस भिड्दै, रोनाल्डो भर्सेस मेस्सी यस्तो छ इतिहास

बार्सिलोना र युभेन्टस भिड्दै, रोनाल्डो भर्सेस मेस्सी यस्तो छ इतिहास

- Advertisement -spot_img

Predict & Win contents is Live, check the insructions in this page below

युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने समुहचरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टस भिड्दै छन् । खेल नेपाली समय अनुसार रति १ :४५ मा हुदैँछ। आजको खेलमा दुई महान खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुई वर्ष पछि आमनेसामने हुँदै छन् ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेल समूह “जी”को अन्तिम खेल हो। दुबै टोलि समूह चरण पार गरेर नकआउट चरण पुगिसकेका छन् । घरेलु मैदानमा हुने आजको खेल जित्दै बार्सिलोना समुह चरणको कुनै पनि गमे न हारी नकआउट चरण पुग्ने सोचमा हुनेछ भने एक खेल हारेको युभेन्टस बार्सिलोनालाई हराउदै बराबरी अंक सहित नकआउट चरणपुग्ने सोचमा हुनेछ।

५ खेलमा सतप्रतिसत जित हात पार्दै बार्सिलोना समूह चरणको शीर्ष स्थानमा छ भने अक्टोबरमा भएको खेलमा बार्सिलोनाले २-०ले घरेलुमैदानमा हराएको युभेन्टस बार्सिलोना भन्दा ३ अंक कम(५ खेलमा १२ अंक) सहित दोस्रोस्थानमा छ।

रोनाल्डो भर्सेस मेस्सी २ वर्ष ७ महिना पछि फेरी रोनाल्डो भर्सेस मेस्सी

रोनाल्डो भर्सेस मेस्सी इतिहास

photo: fifaworldcupnews.com

सन् २०१८ पछि पहिलो पटक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आमनेसामने हुदैछन् । रोनाल्डोले रियल म्याड्रिड छोडेपछि दुई खेलाडी पहिलो पटक भिड्न लागेका हुन् । यी दुई खेलाडीले गएको १२ वर्षदेखि विश्व फूटबलमा एकछत्र राज गरिराखेका छन् । त्यसैले आजको खेल रोनाल्डो भर्सेस मेस्सी भन्दा फरक पर्नेछैन ।

बार्सिलोनाका स्टार लियोनल मेस्सी र पूर्व रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेडका फरवार्ड क्रिस्ट्यानो रोनान्डोले हालसम्म कुल ११ बेलन डर जितेका छन् भने सबै प्रतियोगितामा गरि ३५ पटक आमनेसामने भएका छन् । त्यसमा मेस्सीले २२ गोल गर्दै १६ खेल जितेका छन् भने रोनाल्डोले १९ गोल गर्दै १० खेल जितेका छन् ।

तर क्रिस्ट्यानो रोनाल्डोले ५ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा मेस्सीले चार पटक उपाधि जितेका छन् । रोनाल्डो च्याम्पियन्स लिग इतिहासका सार्वधिक गोलकर्ता पनि हुन् । उनले हालसम्म १३३ गोल गरेका छन् भने मेस्सीले ११८ गोल गरेका छन् ।

हालसम्म यी दुई खेलाडी च्याम्पियन्स लिगमा पाँच पटक भिडेका छन् । त्यसमा २ खेल मेस्सीले आफ्नो पोल्टामा पारेका छन् भने १ खेल रोनाल्डोले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु