Information is intelligence
HomePoliticsप्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु

- Advertisement -spot_img

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे (साेमबार) बैठक आह्वान गरेका थिए ।

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सर्बदलीय बैठक बोलाएका हुन् ।

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसभन्दा अगाडि नेपालको भूमि मिचेर भारतले तिब्बतको मानसरोबरसम्म सडक निर्माण गरेपछि गत ३१ वैशाखमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए ।

यो पनि पढ्नुहोस्:

ओलीको पत्र- प्रचण्डको प्रस्तावमाथि छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ

झापामा राप्रपाको प्रदर्शन ‘कास्टिङ’ मात्र हो: : लिङ्देन

‘सुर्य थापालाई दलालको संख्या दिँदै यस्तो भने गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु